२४ घण्टामा १,४७६ संक्रमित थपिए, नौजनाको मृत्यु, एक हजार ५५० संक्रमणमुक्त

२४ घण्टामा १,४७६ संक्रमित थपिए, नौजनाको मृत्यु, एक हजार ५५० संक्रमणमुक्त

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर एक हजार ४७६ जना कोभिड–१९ संक्रमित थपिएका छन् । १५ हजार ६९० वटा स्वाब नमुनाको परीक्षण गर्दा एक हजार ४७६ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण पछिल्लो २४ घण्टामा नौजनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ८१ पुगेको छ ।

यस्तै, यो अवधिमा एक हजार ५५० जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २० हजार २८७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जनाएको छ ।

प्रकाशित मिति : शुक्रबार, असोज ८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij