९५३ संक्रमित थपिँदा १,३७१ कोरोनामुक्त

९५३ संक्रमित थपिँदा १,३७१ कोरोनामुक्त

काठमाडौं – नेपालमा शनिवार (आज) थप ९ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार ५० पीसीआर परीक्षणका क्रममा ७ सय ९० जना र ३ हजार ५ सय २९ एन्टीजेन परीक्षणका क्रममा १ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ८१ हजार १ सय ५ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ६ जनााको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ८७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै १३ सय ७१ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ५९ हजार ८ सय ७५ संक्रमित निको भएका छन् । हाल नेपालमा १९ हजार ७ सय सक्रिय संक्रमित आइशोलेन र २ सय ३७ जना क्वारेन्टाइनमा रहेका मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : शनिबार, असोज ९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij