अर्घाखाँची । मालारानी गाउँपालिका वडा नम्वर २ का वडा अध्यक्ष बिष्णु भुसाल(बिनोद) १० दिन देखि बेपत्ता भएका छन । पुस २ गते घरबाट सन्धिखर्क जान भनि लु १ ब १७४५ नम्वरको मोटरसाईकलमा सन्धिखर्क हिडेका थिए ।
सन्धिखर्क पुगेर बाईक सर्भिसिङ्ग गर्न ग्यारेजमा छाडेर सन्धिखर्कबाट लु १ ख ७१६० नम्बरको बसमा चढेर गोरुसिङ्गे पुगेर बसबाट झरेको बसका चालक सन्तोष भुसालले बताए ।
‘हामी दाङ्ग जान भनेर सन्धिखर्कबाट पौने ९ बजे हिडेको हो । दाङ जाने यात्रु नभए पछि सबैलाई गोरुसिङ्गे उत्रारेका हौ । सबै जना झरे पछि गाडीमा मोबाईल बज्यो मैले सहचालक भाईलाई फोन उठाउन भने उनको म्याडमले गर्नुभएको रहेछ ।मैले यो फोनको मान्छे गोरुसिङ्गे ओरलिनु भयो फोन गाडीमा छुटेको छ भने । उक्त फोन डाडाँकटेरी जाने बसमा घर पठाईदिए ।’
घरमा पनि कुनै आर्थिक तथा अन्य समस्या नभएको उनका दाजु जिबलाल भुसालले बताए ।
‘घरमा भाईको त्यसतो केही समस्या छैन । परिवारका कारणले उहाँ बेपत्ताहुन पर्ने केही छैन । भाई तिमी जहाँ जे जस्तो अवस्थामा भए पनि छिट्टै सम्पर्ककमा आउन आग्रह गर्दछु ।’
दश दिनसम्म पनि वडा अध्यक्ष सम्पर्कमा नआएपछि मालारानी गाउँपालिकाले सन्धिखर्कमा पत्रकार सम्मेलन गरेर उनको खोजी कार्यमा सहयोग गरिदिन आग्रह गरेको छ ।
मालारानी गाउँपालिका वडा नं २ का वडा अध्यक्ष जिम्मेबार व्याक्ति भएको र यसरी सम्पर्कमा नआउदाँ गाउँपालिका चिन्तित भएको मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले बताए ।
वडा अध्यक्ष भुसालका श्रीमती एक छोरा र छोरी रहेका छन् ।
प्रकाशित मिति : बुधबार, पुष ११ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्