काठमाडौं – मन्त्रिपरिषद् बैठक आज बस्दै छ । बैठकले संसद् अधिवेश अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गर्न सक्ने सत्तासाझेदार दलका एक नेताले बताए । बैठक साँझ ४ बजे सिंहदरबारमा बस्नेछ ।
आइतबार बसेको गठबन्धनको बैठकमा संसद् अधिवेशन स्थगित गरेर राजनीतिक दलसम्बन्धी अध्यादेश निष्कृय बनाउने र मन्त्रिपरिषद् विस्तार गर्ने सहमती भएको थियो ।
सोही सहमति बमोजिम सरकारले संसद्को चालु अधिवेश अन्त्यका लागि सिफारिस गर्ने तयारी गरेको हो ।
संसद्ले बजेटसम्बन्धी विधेयकको काम टुंग्याएसँगै अधिवेशन पनि अन्त्य गर्न सकिने गठबन्धनको बुझाइ छ ।
प्रकाशित मिति : सोमबार, असोज ११ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्