JanataToday.com

Advertisment

SKIP THIS

अमिताभका ३० मिलियन फलोअर्स

अमिताभका ३० मिलियन फलोअर्स

७५ वर्षको उमेरमा पनि फिल्ममा फरक–फरक भूमिका निभाएर दर्शकको मन जित्न सफल बलिउड महानायक अमिताभ बच्चनले एक नयाँ रेकर्ड बनाएका छन् ।

सामाजिक सञ्जालमा सक्रिय रहने अमिताभ बच्चनको फेसबुकमा फलोअर्सको संख्या ३० मिलियन (३ करोड) नाघेको छ ।

फेसबुकमा ३० मिलियनभन्दा ज्यादा फलोअर्स भएको जानकारी उनी आफैँले दिएका हुन् । अमिताभले केही तस्बिरसहित लेखेका छन्, ‘फेसबुकमा ३० मिलियन फलोअर्स ! तपाईंहरूको यो प्रेमका लागि धन्यवाद !’

ट्विटरमा उनका ४३ मिलियन (३ दशमलव ४ करोड)भन्दा बढी फलोअर्स छन् भने इन्स्टाग्राममा ८ मिलियनभन्दा धेरै फलोअर्स रहेका छन् । हालै उनको ‘१०२ नट आउट’ फिल्म रिलिज भएको थियो । उक्त फिल्ममा अमिताभ र ऋषि कपुरले २७ वर्षपछि स्क्रिन सेयर गरेका थिए ।

प्रकाशित मिति : आइतबार, जेष्ठ ६ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij