परीक्षणकै क्रममा रहेको कोरोना भाइरसविरुद्धकाे खाने औषधि प्रभावकारी

परीक्षणकै क्रममा रहेको कोरोना भाइरसविरुद्धकाे खाने औषधि प्रभावकारी

काठमाण्डाै – परीक्षणकै क्रममा रहेको कोरोना भाइरसविरुद्धकाे खाने औषधिले प्रभावकारी काम गरेको देखिएको छ ।

अमेरिकामा अन्तिम परीक्षणमा रहेको ‘मोल्नापिराविर’ औषधिले गम्भीर बिरामी र ज्यान जानसक्ने अवस्थालाई रोक्न सकिने देखिएको बीबीसीले जनाएको छ । यो ट्याब्लेट दिनको दुई पटक कोरोना सङ्क्रमित बिरामीलाई दिइएकोमा नतिजा सकारात्मक आएको अमेरिकी औषधि उत्पादक कम्पनीले जनाएको छ ।

अबको दुई हप्ताभित्रै अमेरिकामा यो औषधिको आकस्मिक प्रयोगका लागि स्वीकृति माग्दै निवेदन दिने कम्पनीले जनाएको छ । फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशन एफडीएले परीक्षण नतिजा पुन:मूल्याङ्कन नगर्दासम्म औषधिको प्रयोगमा सावधानी आवश्यक रहेको जनाएको छ ।

यो औषधि सुरुमा इन्फ्लुएन्जाको उपचारका लागि विकास गरिएको हो । तर अहिले कोभिड–१९ को भाइरस शरीरमा फैलिन नदिने जेनेटिक कोड राखेर परीक्षण गरिएको हो ।  ७ सय ७५ जनामा गरिएको परीक्षणमा औषधि खाएकामध्ये ७ दशमलव ३ प्रतिशतमात्रै अस्पताल भर्ना हुनु पर्ने गरी बिरामी भएका पाइएको छ ।

प्रकाशित मिति : शनिबार, असोज १६ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij