थप ८४९ मा कोरोना पुष्टि, १२ जनाको मृत्यु

थप ८४९ मा कोरोना पुष्टि, १२ जनाको मृत्यु

काठमाडौँ ।

पछिल्लो २४ घण्टामा नेपालमा ८४९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर गरिएको पीसीआर परीक्षणमा बुधबार थप ८४९ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ लाख ९९ हजार ६१५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ८९१ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ७२ हजार २२९ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १९२ पुगेको छ । हालसम्म देशभर ४२ लाख ५६ हजार ८०३ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ४६७ जना रहेका छन् भने आइसोलेसनमा रहनेको संख्या १६ हजार १९४ छ ।

प्रकाशित मिति : बुधबार, असोज २० २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij