नेविसङ्घका कार्यकर्ताबीच खुकुरी हानाहान

नेविसङ्घका कार्यकर्ताबीच खुकुरी हानाहान

पर्सा । नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) पर्साका कार्यकर्ताबीच बुधबार अपराह्न वीरगञ्जमा खुकुरी हानाहान भएको छ ।

वीरगञ्ज तेजारथ टोलस्थित नेपाली काङ्ग्रेस पर्साको पार्टी कार्यालयमा बसेको बैठकमा नेविसङ्घका दुई गुटका कार्यकर्ताबीच जिल्ला अधिवेशनको विषयलाई लिएर खुकुरी हानाहान भएको हो ।

खुकुरी प्रहारमा परी ठाकुरराम बहुमुखी क्याम्पसका नेविसङ्घ एकाइ उपाध्यक्ष समीर अन्सारी घाइते भएका छन् । खुकुरी प्रहारबाट उनको टाउकामा चोट लागेको छ ।

घाइते अन्सारीलाई उपचारका लागि वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पताल भर्ना गराइएको छ । घाइते अन्सारी खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

जिल्ला अधिवेशनका लागि काङ्ग्रेस केन्द्रीय कार्यालयले प्रतिनिधिका रुपमा खटाएका केन्द्रीय सहमहामन्त्री लक्ष्मीभक्त खनालको उपस्थितिमा छलफल चलिरहेका बेला नेविसङ्घका कार्यकर्ताबीच विवाद भई खुकुरी हानाहान भएको नेपाली काङ्गे्रेस पर्साका सचिव श्याम पटेलले जानकारी दिए ।

प्रकाशित मिति : बिहिबार, पुष १२ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij