अफगानिस्तानकाे मस्जिदमा आत्मघाती हमला, ५० जनाकाे मृत्यु

अफगानिस्तानकाे मस्जिदमा आत्मघाती हमला, ५० जनाकाे मृत्यु

काठमाडाैं । एक जना आत्मघाती बम हमलाकारीले उत्तरी अफगानिस्तानको कुन्दुजमा रहेको एउटा मस्जिदमा प्रार्थनाको समयमा आक्रमण गर्दा कम्तीमा ५० जना मारिएको बीबीसीले जनाएकाे छ । त्यहाँ १०० जनाभन्दा बढी घाइते भएको बताइएको छ ।

सामाजिक सञ्जालमा राखिएका तस्बिरहरूमा कैयौं शवहरू र अल्पसङ्ख्यक सिया समुदायले प्रयोग गर्ने मस्जिदका भग्नावशेषहरू देखिन्छन् ।

हालसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन । इस्लामिक स्टेट सहितका सुन्नी मुसलमान उग्रवादीहरूले सिया समुदायलाई पाखण्डी ठान्दै निशाना साँध्ने गरेका छन् ।

इस्लामिक स्टेटको अफगानिस्तानमा रहेको भातृ संस्था आइएस-केले हिंसात्मक रूपमा नै तालिबानको विरोध गर्दै आएको छ । बीसीसी

प्रकाशित मिति : शनिबार, असोज २३ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij