जुवातास खेलिरहेका नौ जना पक्राउ, एक व्यक्ति मृत फेला

जुवातास खेलिरहेका नौ जना पक्राउ, एक व्यक्ति मृत फेला

बुटवल । काठमाडौँको बूढानीलकण्ठस्थित जस्ताको टहरोभित्र आज एक व्यक्ति मृत भेटिएका छन् ।

बूढानीलकण्ठ नगरपालिका–७ च्यासिङ्टोलस्थित जस्ताको टहरोमा बस्दै आएका खोटाङका ४० वर्षीय कर्ण राई आज बिहान मृतावस्थामा फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यता काठमाडौँ महानगरपालिका–२६ मित्रनगर बबालीचोकस्थित टहरामा जुवातास खेल्दै गरेको अवस्थामा नौ जना पक्राउ परेका छन् ।

स्थानीय रविन थापाले सञ्चालन गरेको सिन्धुलीगढी मासु पसलमा अवैधरुपमा जुवातास खेलिरहेको अवस्थामा थापासहित नौ जनालाई गए राति पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट नगद रु ८४ हजार ३५० समेत बरामद गरिएको छ ।

लागुऔषध नियन्त्रणसम्बन्धी कार्यशाला

समुदाय–प्रहरी साझेदारी अवधारणाको प्रहरी विद्यालय सम्पर्क कार्यक्रमअन्तर्गत साइबर सुरक्षा र लागुऔषध विषयमा प्रहरी प्रधान कार्यालयमा आज प्रशिक्षकका लागि कार्यशाला आयोजना गरिएको छ ।

सो क्रममा नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले अपराध नियन्त्रण तथा अनुसन्धान, समाजमा शान्ति सुरक्षा कायम गर्ने नेपाल प्रहरीको उद्देश्य रहेको उल्लेख गर्दै समाजको सहयोगबाट नै प्रहरीले आफ्नो उद्देश्य प्राप्त गर्न सक्ने बताए ।

उनले कानूनको कार्यान्वयनसँगै समुदायको भूमिका पनि उत्तिकै महत्वपूर्ण रहेकाले प्रहरीले समुदायसँग हातेमालो गर्दै अगाडि बढेको उल्लेख गरे ।

सामाजिक विकृति, मादक पदार्थ सेवन, सामाजिक सञ्जाल दुरुपयोगले गर्दा आपराधिक गतिविधि बढ्दै गएको चर्चा गर्दै उहाँले यस्ता अपराध न्यूनीकरण गर्न समुदाय लक्षित जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको उल्लेख गरे ।

प्रहरी नायब उपरीक्षक किरणजङ्ग कुँवरले कार्यक्रमसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : बिहिबार, पुष १२ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij