राष्ट्रपति भण्डारीद्वारा नवकन्याको पूजा

राष्ट्रपति भण्डारीद्वारा नवकन्याको पूजा

काठमाडौं : बडादशैँको नवौँ दिन बिहीवार राष्ट्रपति विद्यादेवी भण्डारीले नवकन्याको पूजा गरेकी छन्। महानवमीको शुभदिनमा बिहीवार राष्ट्रपति भवन शीतल निवासमा भण्डारीले नवकन्या (नौ जना कन्या) को पूजा गरेकी हुन्।

वैदिक सनातन हिन्दू धर्मशास्त्रमा वर्णित विधिअनुसार विजयादशमीको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा गर्ने गरिन्छ ।

यसरी पूजा गर्दा पहिलो दिन एक वर्षकी कन्या, त्यसपछि क्रमशः दोस्रो दिन दुई, तेस्रो दिन तीन हुँदै चार, पाँच, ६, सात, आठ र नवौँ दिन महानवमीमा नौ वर्षकी कन्याको पूजा गर्ने प्रचलन छ ।

सोही बमोजिम राष्ट्रपति भण्डारीले आज महानवमीका दिन एकैपटक नौ जना कन्यालाई नवदुर्गाको प्रतीक मानेर पूजा गरेकी हुन्।

 

प्रकाशित मिति : बिहिबार, असोज २८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij