जेनेभा – एक दशकपछि पहिलोपटक टीबीका बिरामी विश्वव्यापी रुपमा बढेको छ । कोभिडका कारण स्वाथ्य उपचारमा पहुँच नहुँदा टीबीका बिरामी पनि बढेको विश्व स्वाथ्य संगठन (डब्ल्युएचओ) ले जनाएको छ ।
उपचारको पहुँचमा समस्या हुँदा निको पार्न सकिने रोग उन्मूलन गर्न वर्षौंदेखि भएका प्रयासमा अवरोध सिर्जना भएको छ । टीबीबाट अझै पनि विश्वभर लाखौं मानिस पीडित छन् ।
‘पुरानो तथा निको पार्न सकिने रोगबाट प्रभावित लाखौ मानिसहरुको उपचारमा देखिएको खाडल पुर्न लगानीका लागि विश्वव्यापी आह्वान गर्नु तत्काल आवश्यक छ,’ विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रस एडहानोम गिब्रेससले एक विज्ञप्तिमा भनेका छन् ।
सन् २०२० को टीबीसम्बन्धी आफ्नो वार्षिक प्रतिवेदनमा डब्लूएचओले रोग निर्मूलको प्रयास कोभिडका कारण अझ प्रभावित भएको जनाएको छ । जसका कारण टीबी रोगीका बिरामी झनै बढेको उसले जनाएको छ । डब्लूएचओले विश्वभर करिव ४१ लाख मानिसमा टीबी भएको तर उनीहरुले आफ्नो रोग आधिकारिक रुपमा सार्वजनिक नगरेको र उपचारका लागि अस्पताल नगएको जनाएको छ । सन् २०१९ टीबी रोगीको संख्या २९ लाख रहेको डब्लुएचओको तथ्यांकमा उल्लेख छ ।
टीबी रोगीलाई कोभिड १९ संक्रमणले अझै असर गरेको पनि डब्लुएचओले जनाएको छ । टीबीका लागि छुट्याइएको रकम कोभिड नियन्त्रणमा खर्च गरिएको र लकडाउनका कारण स्वास्थ्य उपचारको पहुँचमा कठिनाइ भएको डब्लूएचओको भनाई छ । सन् २०२० मा टीबीबाट १५ लाख मानिसको मृत्यु भएको थियो ।
-न्युज कारखाना
प्रकाशित मिति : शुक्रबार, असोज २९ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्