इनव्हीलकाे परिचयात्मक कार्यक्रम

इनव्हीलकाे परिचयात्मक कार्यक्रम

बुटवल। इनरव्हील क्लव अफ बुटवलले आफ्ना सदस्यहरुबीचमा भेटघाट तथा परिचयात्मक कार्यक्रम गरेको छ ।

आफ्ना सदस्यहरुबीचमा आपसी सम्वन्ध विस्तार तथा भेटघाटका लागि क्लवले बिहीबार बुटवल फुलबारीमा कार्यक्रम गरेको हो ।

क्लवका अध्यक्ष मुना जोशिको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गुमादेवी आचार्यले समाजमा महिलाको पहिचान र नेतृत्वका लागि महिला आफै अगाडि बढ्नुको विकल्प नभएको बताए ।

उनले महिलालाई हरेक क्षेत्रमा अगाडि बढाउनका लागि पुरुषसँगको सहकार्य र महिला पुरुषबीचको आपसी समझदारी र सहयोग नै आवश्यक रहने बताए ।

कार्यक्रममा क्लवका पुर्व अध्यक्षहरु भारती जोशि, इनरव्हील क्लव अफ बुटवल मिडटाउनका अध्यक्ष राधा भट्टराई, क्लवका सचिव यमुना श्रेष्ठ, कार्यक्रम संयोजक विश्व श्रेष्ठ लगायतले हरेक क्षेत्रमा महिलाको सहभागिताका लागि सबैले आआफ्नो भुमिका खेल्नु पर्ने बताए ।

यसैबीच क्लवले सदस्यहरुको क्षमता विकास र ब्यक्तीत्व विकासका लागि बुटवलमा वर्कसप गर्ने भएको छ ।

क्लवले पुसको २१ गते होटल डेनेभोमा हुने कार्यक्रममा सन् २००२ की मिस नेपाल माल्बीका सुब्बाले सहजिकरण गर्ने कार्यक्रम रहेको क्लवका सदस्य ओम प्रधानले जानकारी दिईन् ।

प्रकाशित मिति : बिहिबार, पुष १२ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij