बुटवल । नेपाल पेट्रोलियम ढुवानी व्यबसायी महासंघले यही पौष २३ गते देखी गर्ने भनेको आन्दोलन प्रति पश्चिमाञ्चल टैङ्कर व्यबसायी संघको सहमति नभएको जनाएको छ ।
महासंघको यही पौष ८ गते बसेको केन्द्रिय कार्य समितिको बैठकले सरकार संग ६ बुदे माग राखी माग पुरा नभए ढुवानी बन्द गर्ने चेतावनी दिएको प्रति संघको एक्यबद्धता नभएको समेत जानकारी गराएको छ ।
महासंघले उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयमा माग पत्र पेश गर्दै माग पुरा नभए मुलुक भरका ढुावानी व्यबसाय बन्द गरी टैङ्करको साचो नेपाल आयल निगम लि. लाई बुझाउने निर्णय प्रति संघको सहमति नरहेको जनाएको छ ।
संघको बिहिबार बसेको बिशेष बैठकले महासंघको आन्दोलनमा सहभागीता जनाउन नसकिने र आन्दोलनबाट भन्दा पनि बार्ता र संवाद द्धारा समस्याको समाधान खोज्न आग्रह गर्ने निर्णय गरेको अध्यक्ष राकेश कुमार कशौधन र महासचिव भुपराज अर्याल द्धारा जारी बिज्ञप्तिमा उल्लेख गरीएको छ ।
प्रदेश नम्बर १ को बिराटनगरमा केही दिन अघी पेट्रोलियम पद्धार्थ ढुवानीमा देखीएको समस्याको बिषयलाई लिएर महासंघले आन्दोलन गर्नु भन्दा सरोकार वाला निकाय संग बार्ता द्धारा समस्या समाधान गर्न संघले माग गरेको छ ।
संघको बैठकले गरेको निर्णयको जानकारी उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालय, नेपाल पेट्रोलियम ढुवानी व्यबसायी महासंघ, नेपाल आयल निगम लिमिटेड केन्द्रिय कार्यालय, नेपाल आयल निगम प्रादेशीक कार्यालय प्रदेश नम्बर ५ र जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा समेत जानकारी गराईएको बिज्ञप्तिमा उल्लेख गरीएको छ ।
प्रकाशित मिति : बिहिबार, पुष १२ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्