नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ८ हजारमा झर्‍यो

नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ८ हजारमा झर्‍यो

काठमाडौं – नेपालमा कोरोना भाइरस सक्रिय संक्रमितको संख्या ८ हजारमा झरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ८ हजार १४४ मा झरेको छ ।

त्यस्तै, गत चौबीस घण्टामा थप १३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चौबीस घण्टामा देशभरका प्रयोगशालामा जम्मा ३ हजार ९३२ नमुना परीक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुबाट २ हजार १३४ जनाको पीसीआर परीक्षण गर्दा १२८ र १ हजार ७९८ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ११ जना गरि कुल १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ८ लाख १४ हजार ४१७ र एन्टीजेन विधिबाट ९४ हजार ८१५ पुगेको छ ।

त्यस्तै, नेपालमा गत चौबीस घण्टामा थप ३९६ जना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ७ लाख ९४ हजार ८३४ पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९७ दशमलव ६ प्रतिशत पुगेको छ ।

त्यस्तै, गत चौबीस घण्टामा थप १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या ११ हजार ४३९ पुगेको छ ।

प्रकाशित मिति : शनिबार, कार्तिक २० २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij