स्याङ्जा – स्याङ्जामा थप २९ जनामा एचआईभी सङ्क्रमण देखिएकाे छ । गह्रौँ प्राथमिक अस्पतालमा परीक्षणका क्रममा ११ जनामा तथा जिल्ला बाहिरका अस्पतालमा १८ जनामा एचआईभी सङ्क्रमण देखिएको हो ।
सबै सङ्क्रमितले नियमित औषधि सेवन गर्दै आएको गह्रौँ अस्पतालका एआरटी परामर्शदाता शङ्कर जिसीले जानकारी दिए । सङ्क्रमित वालिङ, भीरकोट, गल्याङ, चापाकोट नगरपालिका, कालीगण्डकी गाउँपालिका, पर्वत र गुल्मीका रहेका छन् । गह्रौँ प्राथमिक अस्पतालले एआरटी सेवा आरम्भ गरेसँगै हालसम्म २४८ सङ्क्रमितलाई औषधिसहित परामर्श प्रदान गरिएको जिसीले बताए ।
एआरटी सेवा लिनेमा पुरुष १२१, महिला ११७ र बालबालिका १० छन् । “हालसम्म १५ जनाले एचआईभी एड्सबाट ज्यान गुमाएका छन्”, जिसीले भनेका छन् । एचआईभी सङ्क्रमित विस्तारै खुल्न थालेको जिसीले बताए । भने— “पहिला थाहा पाउँछन् कि भन्ने डरले अन्यत्रबाट औषधि लिने गरेका थिए । अहिले यहीँ आउन थाल्नुभएको छ ।
जिल्लामा असार मसान्तसम्म ९८ महिला, ९४ पुरुष र आठ बालबालिका एचआईभीबाट सङ्क्रमित भएका थिए । एक सय ७४ जनाले औषधि तथा परामर्श सेवा लिएका छन् ।
विसं २०७६ असार मसान्तसम्ममा ९३ महिला, ८८ पुरुष र १२ बालबालिका एचआईभी सङ्क्रमितमध्ये १६४ जनाले अस्पतालबाट औषधिसहित परामर्श लिएको जिसीले बताए । “सङ्क्रमितमध्ये १३३ जनाको गह«ौं प्राथमिक अस्पतालले निःशुल्क स्वास्थ्य बीमा गरेको छ”, उनले भने, ‘एक सय ३४ सङ्क्रमितले कोभिड–१९ विरुद्धको खोपसमेत लगाइसकेका छन् ।’ रासस
प्रकाशित मिति : शनिबार, कार्तिक २० २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्