एन प्याब्सन वक्तृत्वकलाको उपाधि सगरमाथालाई

एन प्याब्सन वक्तृत्वकलाको उपाधि सगरमाथालाई

बुटवल । राष्ट्रिय निजि तथा आवासिय विद्यालय एशोसियशन एन प्याब्सन रुपन्देहीले गरेको तेस्रो जिल्ला स्तरिय वक्तृत्वकला प्रतियोगिताको उपाधी देवदहको सगरमाथा आवासिय माध्यमिक विद्यालय शितलनगरले जितेको छ ।

समृद्ध राष्ट्र निर्माणमा निजी विद्यालयको योगदान, सीप एवं संस्कारयुक्त शिक्षा अबको साझा अभियान भन्ने शिर्षकमा भएको प्रतियोगिताको उपाधी सगरमाथा माविकी छात्रा कृतिका अर्यालले जितेकी हुन् ।

सैनामैना मेमोरियल स्कुलमा भएको प्रतियोगितामा विजेता अर्यालले नगद ४ हजार सहित शिल्ड तथा प्रमाण पत्र हात परेकी छन् । रुपन्देहीका विभिन्न स्थानका ११ विद्यालयहरु सहभागि रहेको प्रतियोगितामा मुनाल बोर्डिङ्गकी विशाखा खाँड द्वितीय, देवदह बोर्डिङ्गकी शिला पाण्डे तृतिय र स्कलर्स होम बोर्डिङ्गका आयुस भूषालले सान्त्वना स्थान हासिल गरेका हुन् ।

उनीहरुले क्रमश तीन, दुई र एक हजार नगद सहित शिल्ड तथा प्रमाणपत्र हात पारेका छन् । एन प्याब्सनका जिल्ला अध्यक्ष देउप्रकाश राईको अध्यक्षतामा भएको कार्यक्रममा विजयी विद्यार्थीको चौतर्फि विकास गर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरि गित प्रतिष्ठानका प्रदेश संयोजक डिल्लीनारायण पाण्डे, प्राध्यापक प्रकाश पौडेल, एन प्याब्सनका सचिव जेबी क्षेत्री लगायतले विजयी विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिएका थिए।

प्रकाशित मिति : शुक्रबार, पुष १३ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij