काठमाडौं – नेपालमा गत चौबीस घण्टामा थप २९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ८६३ जनाको पीसीआर परीक्षणमा २७२ र ३ हजार २८८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २७ जना गरि कुल २९९ जनामा कोरोना पुष्टि भएको हो। हाल नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार ६४२ रहेको छ ।
त्यस्तै, गत चौबीस घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ११ हजार ४८९ पुगेको छ ।
त्यस्तै, गत चौबीस घण्टामा थप देशभरका विभिन्न अस्पतालबाट २६० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । योसँगै कोरोना संक्रमणमुक्त भइ डिस्चार्ज हुनको कुल संख्या ७ लाख ९९ हजार १७६ पुगेको छ । निको हुने दर ९७ दशमलब ७ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।
त्यस्तै चौबीस घण्टामा देशभरबाट ७१ हजार ८९२ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।
प्रकाशित मिति : बिहिबार, मंसिर २ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्