लहान । प्रहरी टोलीले गए राति सिरहा नगरपालिका–१७ स्थित दशगजा क्षेत्रबाट एक ट्रक हरियो केराउ बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले नेपाल–भारत सीमा दशगजामा शङ्कास्पद रूपमा राखिएको बिआर०१जिए ४३१५ नंको भारतीय ट्रक र त्यसमा लोड गरिएको २१० बोरा केराउ बरामद गरेको हो ।
बरामद सवारीसाधन तथा केराउ आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा पठाइने तयारी भइरहेकोे प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।
यस्तै प्रहरी टोलीले सिराहा नगरपालिका–७ स्थित भित्री सडकखण्डमा बेवारिसे अवस्थामा मोटरसाइकल तथा लागुऔषध बरामद गरेको छ ।
प्रहरीले बेवारिसे अवस्थामा स२प ९६२६ नंको मोटरसाइकल तथा मोटरसाइकलमा रहेको झोलाभित्र १११ बोतल डिलक्स डिसी १०० एमए लेखिएको प्रतिबन्धित लागुऔषध बरामद गरेको हो । रासस
प्रकाशित मिति : शनिबार, पुष १४ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्