काठमाडौँ- आगामी महिना संयुक्त अरब इमिरेट्स (युएई) मा हुने यु-१९ एसिया कपमा नेपाल सहज समूहमा परेको छ । एसियन क्रिकेट काउन्सिलले आयोजना गर्ने प्रतियोगितामा नेपाल समूह ‘बी’ मा छ । समूहमा नेपालसहित बंगलादेश, श्रीलंका र कुवेत छन् ।
समूह ‘ए’ भने भने बलिया भारत, पाकिस्तान, अफगानिस्तान र आयोजक राष्ट्र युएई छन् । प्रतियोगिता ८ देखि १७ पुससम्म हुनेछ । समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् ।
नेपालले ८ पुसमा पहिलो खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दा ११ पुसमा दोस्रो खेलमा श्रीलंकाको सामना गर्नेछ । यस्तै १३ पुसमा कुवेतसँग खेल्ने तालिका छ ।
प्रतियोगिताको लागि नेपाली टोलीले तयारी तीब्र बढाएको छ ।
प्रकाशित मिति : बिहिबार, मंसिर २३ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्