चौबीस घण्टामा थप २९० जनामा संक्रमण पुष्टि, ३ को मृत्यु

चौबीस घण्टामा थप २९० जनामा संक्रमण पुष्टि, ३ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा थप २९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १२ हजार ४७३ जनाको पीसीआर परीक्षणमा २५२ र ४ हजार ६१६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३८ जना गरि कुल २९० जनामा कोरोना पुष्टि भएको हो । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ५ हजार २४२ रहेको छ ।

त्यस्तै, गत चौबीस घण्टामा मुलुकका विभिन्न अस्पतालबाट २३२ जना कोरोना संक्रमणमुक्त भइ डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा कुल डिस्चार्ज हुनेको संख्या ८ लाख ९ हजार ३८७ जना पुगेका छन् । हाल निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै, पछिल्लो चौबीस घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ११ हजार ५७७ पुगेको छ ।

प्रकाशित मिति : मंगलबार, पुष ६ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij