बुटवल । रुपन्देहीमा जारी दोस्रो जनज्योती कप नकआउट फुटबल प्रतियोगितामा फुलबारी गाईज विजयी भएको छ ।
जनज्योती क्लब डिङ्गरनगरको आयोजनामा जारी प्रतियोगितामा फुलबारीले देशभक्त युवा क्लब मगरमुढालाई ३–१ गोलले पराजित गर्दै विजयी भएको हो ।
तिलोत्तमा नगरपालिकाको जनज्योती खेलमैदानमा शनिबार भएको खेलमा फुलबारीको जितमा सबि गुरुङ्गले खेलको ३० औ र ५१ औ मिनेटमा गोल गरेका थिए । यसैगरि खेलको ४५ औ मिनेटमा क्षितिज राज जिटीले एक गोल थपे ।
देशभक्तका तर्फबाट विश्वास श्रेष्ठले खेलको ६५ औ मिनेटमा सान्त्वना गोल गरेका थिए । खेलमा फुलबारीका सबि गुरुङ्ग म्यान अफ दी म्याचबाट पुरस्कृत भएका थिए ।
प्रतियोगिता अन्तरगत आईतबार न्यु सिर्जना युवा क्लब करौजिया र सुनौलो संगम क्लबका खेल हुनेछ ।
प्रकाशित मिति : शनिबार, पुष १४ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्