लुम्बिनी फलफुल तरकारी थोक व्यवसायी संघको साधारण सभा

लुम्बिनी फलफुल तरकारी थोक व्यवसायी संघको साधारण सभा

‘व्यवसायीक स्थायित्वको लागि स्थानिय सरकार तयार छ’

बुटवल-लुम्बिनी फलफूल तरकबारी थोक व्यवसायी संघ बुटवलको १५ औ बार्षिक साधारण सभा शुद्धोधन गाउँपालिकाको छपियामा सम्पन्न भएको छ । संघका अध्यक्ष बाबुराम भुषालको अध्यक्ष तथा बुटवल उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष जगदिशचन्द्र आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटवल उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष जगदिशचन्द्र आचार्यले व्यवसायीक स्थायित्वको लागि स्थानिय सरकारले सक्दो सहयोग गर्ने बताएका छन् । उनले व्यवसायी हितको लागि सामुहिक एकता आवश्यक रहेको भन्दै बुटवल कृषि उपज थोक बजार साँघुरो भएकोले कर्साघाट क्षेत्रमा नगरपालिकाले नयाँ कृषि उपज थोक बजार केन्द्र बनाउन लागेको बताए ।
व्यवसायीक हितको लागि समुहिक योजना आवश्यक रहेको भन्दै वडाअध्यक्ष आचार्यले परम्परागत शैलीबाट आधुनिक स्तरको व्यवसाय अवको आवश्यकता रहेको समेत बताए । उनले भने–‘अव सधैं पुरानो शैलीबाट मात्रै होईन, व्यवसायीकरुपमा नयाँ र आधुनिक शैलीको आवश्यकता अवको रहेको छ, यसमा सबैको ध्यान जान जरुरी छ । ’
कार्यक्रममा बोल्दै विशिष्ट अतिथि संघका संस्थापक अध्यक्ष तथा बुटवल कृषि उपज थोक बजार केन्द्र सञ्चालक समितिका अध्यक्ष घनश्याम भुषा(गोपाल)ले हाल रहेको बुटवल कृषि उपज केन्द्रको माथिल्लो तलालाई उपोग हुने गरी विभिन्न योजना अगाडी बढाइएको बताए । उनले हाल रहेको स्थान व्यवसाय गर्नको लागि सानो स्थान रहेको भन्दै यस्को स्थानान्तरण तथा व्यवस्थापन जरुरी रहेको बताए ।
संघका निर्वतमान अध्यक्ष केशव कुँवरले बुटवल कृषि उपज थोक बजार केन्द्र साँघुरो भएको भन्दै नगरपालिका, नेपाल सरकार र प्रदेश सकरारको लगानीमा निर्माण हुन लागेको भनिएको कर्साघाट कृषि उपज केन्द्र निर्माणको सुरुवात गर्न ढिलाई गर्न नहुने बताए ।
कार्यक्रममा बुटवल कृषि उपज थोक बजार केन्द्रका व्यवस्थापक बाली संरक्षण अधिकृत राम बहादुर खत्री,व्यवसायीक सल्लाहकार कृष्ण प्रसाद खरेल, अग्रज पत्रकार दामोदर खनाल, मानवसेवा आश्रम बुटवलका सरु अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
महासचिव मेघराज पौडेलको सञ्चालनमा भएको कार्यक्रममा संघका अध्यक्ष बाबुराम भुषालले संंस्थाको गत बर्षको बार्षिक प्रगति प्रतिवेदन पेश गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष अमृत भट्राईले राखेका थिए ।

प्रकाशित मिति : सोमबार, पुष १२ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij