कञ्चन-रुपन्देहीको कञ्चन गाउपालिकामा पहिलो पटक स्नुकर टुर्नामेन्ट प्रतियोगिता सञ्चालन भएको छ। कन्चन गाउपालिका स्तरिय नक आउट स्नुकर टुर्नामेण्ट प्रतियोगिताको रुपमा सञ्चालित टुर्नामेन्टमा सन्देश थापा प्रथम भएका छन भने सन्दिप हमाल द्धितिय भएका छन ।
शनिवार सम्पन्न टुर्नामेन्टमा विजेता भएका सन्देश थापाले नगद १० हजार रुपैया प्राप्त गर्न सफल भएका छन भने द्धितिय हुने सन्दिप हमालले नगद ५ हजार ५ सय रुपैया प्राप्त गरेको आयोजकका सरोज पुनले जानकारी दिनु भएको छ।
कञ्चन ३ को हरैयामा भएको टुनर्नामेन्टमा विपिन पैनी उत्कृष्ट स्नुकर खेलाडीको रुपमा छनौट भएका छन। १६ जना स्नुकर खेलाडीहरुको सहभागित रहेको स्नुकर टुर्नामेन्टमा विजेता तथा उपविजेता खेलाडीहरुलाई आयोजकका सरोज पुन र जिवन क्षेत्रीले संयुक्त रुपमा पुरस्कार तथा सम्मान गर्नु भएको थियो ।
पछिल्लो पटक युवाहरुमा स्नुकर प्रति मोह समेत बढदै गइरहेको छ।
प्रकाशित मिति : मंगलबार, पुष १३ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्