JanataToday.com

Advertisment

SKIP THIS

रुपन्देही व्यापार संघको एघारौं अधिवेशन अध्यक्षमा घिमिरे, २९ पदका लागि ४२ को उम्मेदवारी

रुपन्देही व्यापार संघको एघारौं अधिवेशन अध्यक्षमा घिमिरे, २९ पदका लागि ४२ को उम्मेदवारी

बुटवल– रुपन्देही व्यापार संघको २० औं वार्षिक साधारणसभा तथा एघारौं अधिवेशन अन्तर्गत हुने कार्यसमिति निर्वाचनका लागि शुक्रवार उम्मेदवारी दर्ता कार्यक्रम सम्पन्न भएको छ । निर्वाचन कार्यक्रम अन्तरगत भएको उम्मेदवारी दर्ताका क्रममा अध्यक्षसहित अधिकांश पदाधिकारी पदमा एकल उम्मेदवारी परेको छ भने कुल २९ सदस्यीय कार्यसमितिका लागि ४२ जनाको उम्मेदवार बनेका छन् ।
संघका अनुसार अध्यक्ष पदमा कृष्ण प्रसाद घिमिरेको उम्मेदवारी परेको छ । संघका बर्तमान वरिष्ठउपाध्यक्ष घिमिरेको सो पदमा एकल उम्मेदवारी परेपछि उहा आगामी कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनु भएको छ ।
यसैगरि वरिष्ठ उपाध्यक्षमा डिल्लीराज भण्डारी, प्रथम उपाध्यक्षमा प्रकाश ढकाल, द्वितिय उपाध्यक्षमा दिपक अधिकारी, महासचिवमा दयानिधि भण्डारी, कोषाध्यक्षमा नामदेव पाण्डे, सहसचिवमा ऋषिराम पाण्डेको मात्र उम्मेदवारी परेको छ । यसैगरि सचिवमा कृष्णप्रसाद अर्याल, प्रेमनाथ पाण्डे र फर्सुराम पन्त तथा सहकोषाध्यक्षमा मनिराम खनाल (मणि) र मिलन सुनारको उम्मेदवारी परेको छ ।
निर्वाचन समितिका अनुसार १६ जना सदस्यका लागि अर्जुनप्रसाद भट्टराई, खगुलाल गिरी, गिता भण्डारी खनाल, गेहेन्द्रराज न्यौपाने, जिवनारायण घिमिरे, जिवलाल पौडेल, झविन्द्र अधिकारी, तेजेन्द्र सापकोटा, नलराज नेपाल, न्यायमदिन मिया, ठाकुरप्रसाद आचार्य, तेजनारायण अर्याल, प्रकाशराज पौडेल, प्रकाश न्यौपाने, पिताम्बर ज्ञवाली, पिताम्बर अर्याल, मनहरि बस्याल, मनिमदिन मिया, माधवप्रसाद ज्ञवाली, मेघनाथ पौडेल, रितेश ज्ञवाली, लक्ष्मण ज्ञवाली, लोकनाथ पाण्डे, विनित भट्टराई, बालकृष्ण बस्याल, वृन्दा भट्टराई आचार्य र शोभा जोशी क्षेत्रीसहित २७ जनाको उम्मेदवारी परेको छ ।
यता संघमा सम्बद्ध सदस्यमा हरिबहादुर गहतराज, शाखा सदस्यमा सेमलारबाट पूर्णप्रसाद काफ्ले र सेमलार शाखाबाट सदस्यमा रेशमलाल उपाध्यायको उम्मेदवारी परेको छ ।
संघको विधान अनुसार संघको अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितिय उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सचिव, सहसचिव, सहकोषाध्यक्षसहित २९ सदस्यीय कार्यक्रम समिति चयन गरिने छ ।
संघको एघारौं अधिवेशन पुष १९ गते संघको भवन प्राङ्गणमा हुदैछ ।

 

प्रकाशित मिति : शुक्रबार, पुष १६ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij