अधिवेशनले हेम बहादुर विश्वकर्माको अध्यक्षतामा ११ सदस्यिय कार्य समिति सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा डम्बर बहादुर सुनार,सचिवमा ओम प्रकाश सुनार ,कोषाध्यक्षमा मनोज कुमार सुनार, सदस्यहरुमा सुनिता खडलुक,सरु खड्का ,लक्ष्मी घताने ,ओम बहादुर विश्वकर्मा,सेर बहादुर सुनार ,शिव बिश्वकर्मा र कमला विश्वकर्मा चयन भउका छन् ।
निर्वाचन सम्पन्न गर्न अधिबक्ता सुर्य प्रसाद आचार्य आजाद प्रमुख आयुक्त तथा एम बि विश्वकर्मा ,रेवन्त विश्वकर्मा बाबुराम विश्वकर्मा र सिताराम रसाइली आयुक्त रहेको निर्वाचन समिति गठन गरिएको थियो ।

यस अघि अधिवेशनको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिका प्रमुख शिबराज सुवेदीले सहकारीले समाज बदल्न महत्त्वपूर्ण भुमिका खेल्ने बताउदै आर्थिक बिभेदमा परेको समुदाय लाई कसरी माथि उठाउन सकिन्छ भन्ने कुरामा ध्यान दिन जरुरी रहेको बताए । साथै सहकारीलाई उद्यमशीलतामा जोड्दै सहकारीमा प्रेरित हुने खालको कार्यक्रम ल्याउनु पर्नेमा जोड दिए ।
बुटवल उपमहानगरपालिकाका सहकारी विभाग प्रमुख गुणाकर खनालले सहकारी संस्था सञ्चालन र विकासका लागि सहकारीका सञ्चालक समिति पारदर्शी र सदस्यहरु इमान्दार र लेखा सुपरीवेक्षण समिति निष्पक्ष हुनुपर्ने बताए ।
बुटवल उपमहानगरपालिका वडा नम्बर ५ का अध्यक्ष तेज बहादुर सुनार ले व्यावसायिक रूपमा विभिन्न काम गरेकोले आफैमा महत्त्वपूर्ण रहेको बताए ।
कार्यक्रममा सहकारीका अध्यक्ष जोगलाल बिस्वकर्माले आ।व। २०७७÷०७८ को वार्षिक प्रतिवेदन, लेखा सुपरीवेक्षण समिति संयोजक दल बहादुर ल्वाहगुनले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन र कोषाध्यक्ष मातृका प्रसाद गहतराजको कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरी सर्वसम्मतले पारित गरेको छ ।
२०५९ साल मा स्थापना भएको सहकारीमा शेयर पूजी १ करोड १४लाख २९ हजार, १ सय लगानीमा रहेको मा शेयर सदस्यमा ऋण लगानी रु ७ करोड ५८ लाख ९० हजार ९ सय ९७ र निछेप बचत ७ करोड ८४ लाख ८२ हजार, ३सय ३२ रहेको छ भने सहकारीमा हालसम्म ५सय ६९ जना शेयर सदस्यहरु आवद्ध रहेका छन् ।

कार्यक्रममा नेपाल सुनचाँदी व्यावसायी महासंघ सुनचाँदी बिज्ञ समिति संयोजक प्रेम कुमार सेन्चुरी , सस्थापक अध्यक्ष सिताराम रसाइली , सुनचाँदी व्यावसायि महासंघ केन्द्रिय सदस्य एवम सल्लाहकार एम बि बिश्वकर्मा , सल्लाहकार प्रेम सेन्चुरी ,सस्थापक कोष अध्यक्ष रेवन्त बिक, जनउथान लघु बित्त बित्तीय सस्थाका अध्यक्ष बाबुराम बिस्वकर्मा,बुटवल उपमहानगरपालिका वडा नम्बर ४ का सदस्य कमला बिस्वकर्मा ,सुनचाँदी व्यावसायी संघ प्रदेश सदस्य हरि खड्का , रुपन्देही सुनचाँदी व्यावसायि संघ बरिष्ठ उपाध्यक्ष एस रत्न बज्राचार्य , समाजसेवी रबि बिक,शेयर सदस्य सबिता बिक लगाएतले बोलेका थिए ।

बुटवललाई कार्यक्षेत्र बनाएको सहकारीले पछाडि परेको बर्ग को क्षेत्रमा काम गरेको छ । सस्थाले विभिन्न बिधामा सम्मान पनि गरेको छ । संस्थाको हरेक गतिबिधीमा समाचार शंप्रेशणमा योगदान पुर्याएकोमा नगद र प्रमाणपत्र सहित पत्रकार फुलु सुनारलाइ सम्मान गरेको छ ।
त्यस्तै नियमित बचत गर्ने सदस्य , असल ऋणदाता र १२ कक्षा उत्तीर्ण गर्ने सेयर सदस्यको छोराछोरीलाई सम्मान गरिएको छ । कार्यक्रम संस्थाका सचिव हेम बहादुर बिकको सन्चालन एबम ओम प्रकाश सुनार को स्वागतमा सम्पन्न भएको हो।
प्रकाशित मिति : सोमबार, पुष १९ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्