काठमाडौँ – सरकारले कोभिड-१९ विरुद्धको अतिरिक्त खोप दिने निर्णय गरेको छ । कोभिड-१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको ३ महिना पुगेका व्यक्तिहरूलाई जुन खोप लगाएको हो सोही प्रकृतिको खोप थप एक अतिरिक्त मात्रा दिइने भएको हो ।
यो बुस्टर डोज नभइ कमजोर रोग प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरूलाई दिइने थप एक अतिरिक्त मात्रा हो । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले आजदेखि अतिरिक्त खोप दिन सुरु गरिने बताए । ‘अतिरिक्त खोप लक्षित समूह जस्तै रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई दिइनेछ भने बुस्टर डोज सबैलाई दिइनेछ’ उनले भने ।
केही समयअघि राष्ट्रिय खोप सल्लाहकार समितिले निश्चित समूहलाई खोपको अतिरिक्त डोज दिने सिफारिस गरेको थियाे ।
क-कसले पाउनेछन् ?
उल्लेखित समूहमा पर्ने लक्षित व्यक्तिहरूले खोप कार्डसहित नजिकैको स्वास्थय संस्थामा गई थप मात्रा खोप लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ ।
प्रकाशित मिति : मंगलबार, पुष २० २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्