काठमाडौँ – गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते (आज) ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ ।
‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।
यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।
पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ । यसअवसरमा आइतबार टुँडिखेलमा विशेष कार्यक्रम गरिने गुरुङ समाजले जनाएको छ ।
गण्डकीमा सार्वजनिक विदा
गण्डकी प्रदेश सरकारले आइतबार सार्वजनिक विदा दिएको छ । तमुहरुको मुख्य पर्व तमु ल्होसारको अवसरमा पुस १५ गते (आज) सार्वजनिक विदा दिइएको हो ।
पुस १३ शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले विदा दिने निर्णय गरेको हो ।
गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विदा सम्बन्धी विज्ञप्ती जारी गरेको थियो ।
तिलोत्तमाले पनि दियो बिदा
तमु ल्होसारको अवसरमा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आज स्थानीय तहमा सार्बजनिक बिदा दिएको छ । तिलोत्तमा नगरपालिकाले कार्यपालिका बैठकबाट नै निणर्य गरी नगरपालिका भित्रका शिक्षण सस्था तथा कार्यालयमा सार्बजनिक बिदा दिने निणर्य गरेको हो ।
प्रकाशित मिति : आइतबार, पुष १५ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्