एकैदिन १२ हजार ३३८ संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ५७ हजार नाघ्याे

एकैदिन १२ हजार ३३८ संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ५७ हजार नाघ्याे

काठमाडौं – नेपालमा पछिल्लो चाैबीस घण्टामा थप १२ हजार ३३८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । साेही अवधीमा ६४९ जना डिस्चार्ज भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको २१ हजार ०७ जनाको पीसीआर परीक्षणबाट १० हजार ५२ र ६ हजार ४९० जनामा गरिएको एन्टिजेन परीक्षणमा २ हजार २८६ जना गरी जम्मा १२ हजार ३३८ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै चौबीस घण्टामा ४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ६३२ पुगेको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ५७ हजार ३२८ रहेको छ ।

प्रकाशित मिति : बिहिबार, माघ ६ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij