थप १०, ७०३ जनामा कोरोना संक्रमण पुष्टि

थप १०, ७०३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ – पछिल्लो २४ घण्टामा देशभर थप १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २३ हजार ९२ जनामा गरिएको नमुना परीक्षमा १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ७६६ जना कोरोना संक्रमणबाट निको भएका छन् भने ३ जनाको मृत्यु भएको छ । देशभर सक्रिय संक्रमितको संख्या ६५ हजार ३७४ पुगेको छ ।

नेपालमा हालसम्म कुल संक्रमितको संख्या १० लाख ६ हजार ५९१ पुगेको छ । यस्तै कोरोना संक्रमणबाट ८ लाख १९ हजार ५७५ जना निको भएका छन् भने ११ हजार ६३५ जनाको मृत्यु भएको छ ।

यस्तै १० वर्ष मुनिका १५३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ५२३ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रकाशित मिति : शुक्रबार, माघ ७ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij