चौबीस घण्टामा १९ सय ९३ डिस्चार्ज, ५ सय ७० जना संक्रमित

चौबीस घण्टामा १९ सय ९३ डिस्चार्ज, ५ सय ७० जना संक्रमित

काठमाडौं – नेपालमा दैनिक कोरोना संक्रमितको संख्या एक हजारभन्दा कम हुँदै गएको छ । गत चौबीस घण्टामा १ हजार ९९३ जना कोरोना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ९ लाख ४६ हजार ३३० पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९६ दशमलव ९ प्रतिशत छ ।

त्यस्तै, चौबीस घण्टामा नेपालमा नयाँ संक्रमित ५ सय ७० जना थपिएका छन् । कुल ९ हजार ७ सय ८९ जनामा नमुना परीक्षण गरिएकामा ५सय ७० जना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुबाट ७ हजार २८ जनाको पीसीआर परीक्षण गर्दा ३६४ जना र २ हजार ७६१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ६ जना गरी ५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा हाल १६ हजार ६१६ जना सक्रिय संक्रमित छन् ।

त्यस्तै, गत चौबीस घण्टामा थप ६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या ११ हजार ९ सय ११ पुगेको छ । त्यस्तै, गत चौबीस घण्टामा देशभर जम्मा १ लाख ६४ हजार ४७५ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

प्रकाशित मिति : बिहिबार, फाल्गुन ५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij