काठमाडौं – नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ ।निगमले एक विज्ञप्ति जारी गर्दै शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेल/ मट्टितेलको मूल्य प्रति लिटर ३ रुपैयाले वृद्धि गरि पेट्रोल र डिजेल/ मट्टितेलको मूल्य क्रमशः १४५/ १२८ रूपैयाँ कायम गरिएको छ ।
निगमले एलपी ग्यासमा प्रति सिलिण्डर ५६० रुपैयाँ ७४ पैसा घाटा भएपनि हाललाई ग्यासको मूल्य भने यथावत राखेका जनाएको छ ।
भने निगमले हाललाई हवाई इन्धनको मूल्य पनि यथावत राखिएको जनाएको छ । आज वृद्धि गरिएको मूल्यमा पनि निगमलाई पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन तथा एलपी ग्यासमा अनुमानित १५ दिनको २ अर्व १५ करोड घाटा रहेको जनाएको छ ।
साथै निगमले चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा करिब २४ अर्व रुपैयाँ नोक्सानी व्यहोरी सकेकाले पेट्रोलियम पदार्थ खरिद वापत आवश्यक पर्ने रकम जुटाइ आपूर्ति व्यवस्था सहज बनाइ राख्न आगामी दिनहरुमा थप कठिनाई हुने दावी गरिएको छ ।
प्रकाशित मिति : आइतबार, फाल्गुन ८ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्