अन्तर्राष्ट्रिय मातृभाषा दिवस आज

अन्तर्राष्ट्रिय मातृभाषा दिवस आज

अन्तर्राष्ट्रिय मातृभाषा दिवस आज (सोमबार) परेको छ । प्रत्येक वर्ष फेब्रुअरी २१ मा विश्वभर यो दिवस मनाउने गरिन्छ ।

आफ्ना सम्पूर्ण सदस्य राष्ट्रहरुलाई समेटेर संयुक्त राष्ट्र सङ्घले बहुभाषिक र बहुसांस्कृतिक जनसङ्ख्या अनि त्यो जनसङ्ख्यासँग जुटेका विविध भाषाको कदर स्वरुप सन् २००० देखि यो दिवस मनाउने निर्णय गरेको हो । मानव सभ्यता र अभिव्यक्तिका लागि भाषा एउटा महत्वपूर्ण आधार हो ।

दैनिक कामकारबाही र जीवनयापनमा भाषाले अग्रस्थान ओगटेको हुन्छ । आफ्नै मातृभाषामा विद्यालय अनि विश्वविधालयका पाठ्यक्रमहरु उपलब्ध हुँदा अध्ययन सहज हुन्छ । राष्ट्रिय भाषासँगै मातृभाषाबाट मान्छेलाई बुझाइ सहज बनाउनु पनि मानव अधिकारसँग जोडिएको विषयवस्तु हो ।

मातृभाषाले बुझाइ र सिकाइलाई सहज एवम् सरल बनाउँछ । भारतबाट पाकिस्तान छुट्टिएपछि अहिलेको बङ्गलादेशलाई पूर्वी पाकिस्तान भनिन्थ्यो । आजको दिन सन् १९५२ मा बङ्गाली भाषाको औपचारीक प्रयोगका लागि बङ्गला युवाहरुले गरेको प्रदर्शन अनि त्यसमा मारिएका भाषाप्रेमी सहिदहरुको बलिदानको सम्झना स्वररूप यो दिवस मनाउन थालिएको हो ।

दिवसका अवसरमा मातृभाषाको महत्व र यसको संरक्षणमा विशेष जोड दिने गरिएको छ । सन् २००२ मा आजकै दिन लोप हुन लागेका करीब तीन हजार भाषाप्रति मानिसहरुको ध्यानाकर्षण गराउने औपचारिकताको आरम्भव भएको थियो ।

प्रकाशित मिति : सोमबार, फाल्गुन ९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij