थप ४ सय ७६ जनामा काेराेना पुष्टि हुँदा ८ सय ३१ जना निकाे

थप ४ सय ७६ जनामा काेराेना पुष्टि हुँदा ८ सय ३१ जना निकाे

काठमाण्डाै – पछिल्लो २४ घण्टामा चार सय ७६ जनामा काेभिड–१९ (कोरोना भाइरस) को सङ्क्रमण पुष्टि भएको छ । पीसीआर, एन्टिजेन र आरडिटी गरी नाै हजार चार सय २४ जनाको नमुना परीक्षण गरिएकाेमा चार सय ७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा तीन जनाले काेराेना सङ्क्रमणका कारण ज्यान गएका छन् । याेसहित काेराेनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाै सय २८ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा आठ सय ३१ जना सङ्क्रमणमुक्त भएकाे छन् । अब नेपालमा १० हजार सात सय ४७ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।

थप एक लाख सात हजार १८ जनाले कोरोनाविरुद्धको खोप लगाएसँगै नेपालमा तीन करोड ७१ लाख २१ हजार एक सय ९६ मात्रा खोपको प्रयोग भएको छ ।

प्रकाशित मिति : मंगलबार, फाल्गुन १० २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij