काठमाडौं : कोरोनाविरुद्धको ९२ लाख मात्रा फाइजर खोप आउने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाअन्तर्गत रहेको आपूर्ति शाखाले जनाएअनुसार केही हप्ताभित्रै १२ देखि १७ वर्ष उमेर समूहका किशोरकिशोरीलाई खोप दिन सरकारले थप ९२ लाख मात्रा फाइजर खोप आउन लागेको हो।
शाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाका अनुसार यो खोप कोभ्याक्स सुविधाअन्तर्गत नेपाल भित्रन लागेको बताए। ‘ पटक पटक गरेर अब छिटै ९२ लाख मात्रा फाइजर खोप आउँदै छ’‚ उनले भने।
सरकारले यसअघि १२ देखि १७ वर्ष उमेर समूहका किशोरकिशोरीलाई फाइजर र मोडर्ना खोप दिँदै आएको थियो। अब छुटेका बालबालिकालाई पहिलो मात्रा, पहिलो लगाएकालाई दोस्रो मात्रा र आवश्यकताअनुसार बुस्टर डोजका लागि पनि यो खोप लगाउने तयारी भइरहेको उनले बताए।
सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप दिने निर्णय गरिसकेको छ। त्यसका लागि ८४ लाख मात्रा खोप समेत खरिद प्रक्रिया अगाडि बढाइएको छ।
नेपालमा अहिलेसम्म कोभिसिल्ड, भेरोसेल, एस्ट्राजेनेका, जन्सन फाइजर र मोडर्ना खोप कोभिडविरुद्ध प्रयोग हुँदै आएको छ।
अहिले देशभर १८ वर्षमाथि उमेर समूह र खोप लगाएको ६ महिना पुगेका व्यक्तिहरूलाई बुस्टर डोज खोप दिइँदै आएको छ। हालसम्म नेपालमा कुन जनसंख्याको ५९ प्रतिशत जनसंख्याले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन्।
प्रकाशित मिति : आइतबार, फाल्गुन १५ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्