काठमाडाैं – आन्तरिक हवाई उडानको भाडा बढेको छ । फागुन २२ गते अर्थात् भोलिदेखि लागू हुने गरि नेपाल वायुसेवा संचालक संघले आन्तरिक तर्फको हवाई भाडा बढाएको हो ।
नयाँ भाडादर अनुसार सबैभन्दा बढी विराटनगर-नेपालगञ्ज रुटमा ५४० रुपैयाँले बढेको छ भने सबैभन्दा कम काठमाडौ-सिमराको ९० रुपैयाँले बढेको छ । यस्तै, अन्य उडान गन्तव्यहरुमा काठमाण्डौ-धनगढीको ४४५ रुपैयाँ, काठमाण्डौ–भद्रपुर ३०० रुपैयाँ, काठमाण्डौं-सुर्खेत ३४५ रुपैयाँ र काठमाण्डौ–नेपालगञ्जको ३३० रुपैयाँले बढेको छ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थ पेट्रोल–डिजेल र मट्टीतेलसँगै हवाई इन्धनको समेत मूल्यवृद्धि गरिरहेकाले भाडा समायोजन गरिएको जनाइएको छ ।

प्रकाशित मिति : शनिबार, फाल्गुन २१ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्