JanataToday.com

Advertisment

SKIP THIS

क्रिप्टोकरेन्सीको कारोबार हुने वेबसाइट र मोबाइल एप अब नेपालभित्र नचल्ने

क्रिप्टोकरेन्सीको कारोबार हुने वेबसाइट र मोबाइल एप अब नेपालभित्र नचल्ने

नेपाल दूरसञ्चार प्राधिकरणले क्रिप्टोकरेन्सी र अन्य गैरकानुनी डिजिटल मुद्राको कारोबार हुने मोबाइल एप र वेबसाइट बन्द गर्न सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ ।

प्राधिकरणले आज मङ्गलवार एक सूचना निकालेर क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन बेटिङ जस्ता साइट नेपालमा चल्न नपाउने गरी प्रतिबन्ध लगाएको हो । प्राधिकरणको निर्देशनपछि अब इन्टरनेट र मोबाइल सेवा प्रदायकहरूले क्रिप्टोकरेन्सी र अन्य गैरकानुनी डिजिटल मुद्राको कारोबार हुने मोबाइल एप र वेबसाइट बन्द गर्नुपर्नेछ ।

सरकारको निर्देशनपछि यसअघि नेपालमा पोर्न साइटहरू पनि बन्द भएका दिए । नेपालबाट क्रिप्टोकरेन्सी अन्य डिजिटल मुद्राको माध्यम हुँदै रकम विदेशिने र नागरिक ठगिने क्रम बढेपछि अर्थ मन्त्रालयले यस्ता कारोबार हुने एप र वेबसाइट निषेध गर्ने व्यवस्था मिलाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको थियो ।

सञ्चार मन्त्रालयले इन्टरनेट र मोबाइल सेवा प्रदायक नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएपछि आज प्राधिकरणले सूचना निकालेको हो ।

प्रकाशित मिति : मंगलबार, चैत्र १ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij