काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा ८२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ६ हजार एक सय ७५ जनाको नमुना परीक्षण गर्दा ८२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै २४ घण्टामा दुई सय १३ जना कोरोना सङ्क्रमित निको भएका छन् । यही अवधिमा कोरोना सङ्क्रमणका कारण हुने मृत्यु शून्यमा झरेको छ ।
अहिले नेपालमा कोरोना भाइरसको सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार पाँच सय ७४ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसैबीच पछिल्लो २४ घण्टामा एक लाख पाँच हजार चार सय २२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
प्रकाशित मिति : बुधबार, चैत्र २ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्