काठमाण्डौ ।
पछिल्लो २४ घण्टामा नेपालमा २७ जनामा कोभिड–१९ कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
पीसीआर र एन्टिजेन गरी चार हजार सात सय ४७ जनाको नमुना परीक्षण गर्दा २७ जनामा मात्रै सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज परीक्षण गरिएकामध्ये शून्य दशमलव ५६ प्रतिशतमा मात्रै सङ्क्रमण देखिएको हो ।
यस्तै थप दुई सय २० जना निको भएका छन् । नेपालमा अहिले चार हजार तीन सय ७६ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।
यस्तै थप एक लाख ४५ हजार नौ सय ८४ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : बिहिबार, चैत्र ३ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्