JanataToday.com

Advertisment

SKIP THIS

कृषि मेलाको तयारी पुरा: लुम्बिनीका प्रदेश प्रमुख शेरचनले उद्घाटन गर्ने

कृषि मेलाको तयारी पुरा: लुम्बिनीका प्रदेश प्रमुख शेरचनले उद्घाटन गर्ने

बुटवल

बुटवल उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको कृषि मेला–२०७८ को तयारी पुरा भएको छ । संघ र लुम्बिनी प्रदेशको कृषि खाद्य, प्रबिधि तथा भूमि व्यवस्था मन्त्रालयको संयुक्त आयोजनामा यहि चैतको १० देखि १४ गतेसम्म बुटवलमा सञ्चालन गर्न लागिएको मेलाको तयारी पुरा भएको मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरि जानकारी गराईएको हो ।

‘बजारमुखि कृषिको आधार, समुन्नत नेपालको पूर्वाधार’ भन्ने नारासहित सञ्चालन गर्न लागिएको मेलाको बिहिबार लुम्बिनी प्रदेशका प्रदेशका प्रमुख अमिक शेरचनले उद्घाटन गर्नुहुनेछ । संघले संञ्चालन गर्न लागेको यो दशौं संस्करणको कृषि मेला हो ।

२०१० सालमा स्थापना भएको बुटवल उद्योग वाणिज्य संघले २०४१ सालमा काठमाण्डौं उपत्यका बाहिर पहिलो पटक बुटवलमा औद्योगिक व्यापार मेला गरेको थियो भने २०६२ सालदेखि विशिष्टिकृत कृषि मेलाको सुरुवात गरेको थियो ।

नेपालको कुल जनसंख्याको ६६ प्रतिशत कृषि पेशामा आश्रीत भएपनि कुल ग्राहस्थ उत्पादनमा कृषिको योगदान ३६ प्रतिशत मात्रै रहेको बताउँदै पत्रकार सम्मेलनमा संघका अध्यक्ष तथा कृषि मेला कार्यसम्पादन समितिका संयोजक उज्ज्वलप्रसाद कसजूले कृषिमा व्यवसायिक विकास गरि कुल ग्राहस्थ उत्पादनमा कृषिको योगदान बढाउन विशिष्टिकृत कृषि मेला आयोजना गरिएको बताउनु भयो । रोजगारीमा समेत कृषि क्षेत्रको उल्लेखनीय योगदान भएपनि उत्पादन एवं उत्पादकत्व ज्यादै न्यून रहेको उहाँको भनाई छ ।

पछिल्लो समयमा कृषिजन्य उत्पादनको आयातमा समेत अबौं बाहिरिरहेको छ । कृषि क्षेत्रमा रहेको सम्भावनाहरुलाई उजागर गर्न, थप लगानी भित्र्याउन तथा कृषिमा आधुनिकिकरण र प्रतिस्पर्धात्मक क्षमता बढाउनको लागि पनि कृषि मेला फलदायी हुने विश्वास गरिएको छ ।

५ दिनसम्म सञ्चालन गरिने मेलामा कृषिमा अत्याधुनिक प्रविधि (जस्तै ः धान रोप्ने, बाली काट्ने, गोड्ने, बेलर मेशिन, थोपा सिचाई, हाइड्रोपोनिक्स, मौरी पालन, जैबिक मल आदी) को प्रदर्शनी गरिने छ । त्यस्तै कृषि डिजिटाइजेसनको लागि जियो कृषि एपको बारेमा कृषकलाई जानकारी तथा प्रर्दशन गरिने छ । कृषि फूड फेष्टिवलका माध्यमबाट कृषिजन्य उत्पादन तथा परिकारको प्रवद्र्धन गरिने छ । यसले स्थानीय कृषि वस्तुको प्रवद्र्धन, पोषणमा सुधारको साथै आयात प्रतिस्थापनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

मेलामा कृषि सम्बन्धि अन्तरक्रिया तथा छलफल, उत्कृष्ट कृषि उत्पादनको प्रद्र्धशन, कृषि सेवा सम्बन्धि जानकारीमुलक स्टल समावेश गरिने छ । त्यस्तै दुग्धपान प्रतियोगिता, कालिज पालन सम्बन्धि जानकारी तथा परामर्श, लौकाट, कडकनाथ, बट्टाई, लोकल कुखुराको प्रदर्शनी, कृषिमा आधारित सांस्कृतिक कार्यक्रम गरिने छ ।

गैरनाफामुलक मेलाको रुपमा आयोजना गरिएको कृषिमेलामा अधिकतम ५० स्टल रहेन छन् । मेलामा २५ हजार अवलोकनकर्ताले अवलोकन गर्ने अपेक्षा गरिएको छ । त्यस्तै मेलामा निःशुल्क प्रवेशको व्यवस्था मिलाईएको छ ।

पत्रकार सम्मेलनमा लुम्बिनी प्रदेश कृषि खाद्य, प्रबिधि तथा भूमि व्यवस्था मन्त्रालयका उपसचिव घनश्याम चौधरीले कृषिको व्यवसायिक विकास र प्रवद्र्धनको लागि बुटवल उद्योग वाणिज्य संघले गरेको कार्य स्रहानीय रहेको बताउनु भयो । उहाँले कृषिको व्यवसायिक विकास गरि कृषिजन्य आयात प्रतिस्थापन गर्न सकियो भने मात्रै देश सृद्धिको यात्रामा अगाडि बढ्ने भनाई राख्नुभयो ।

प्रकाशित मिति : मंगलबार, चैत्र ८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij