सन्दीप पुगे बीपीएल खेल्न बंगलादेश

सन्दीप पुगे बीपीएल खेल्न बंगलादेश

बुटवल । अष्ट्रेलियन क्रिकेट प्रतियोगिता बिग ब्याश लिगमा उत्कृष्ट प्रदर्शन गरेका सन्दीप लामिछाने को अर्को अन्तर्राष्ट्रिय गन्तव्य बंगलादेश प्रिमियर लिग(बीपीएल) रहेको छ ।

बिग ब्याशमा ४ खेल खेलेर सन्दीप बंगलादेश उडेका छन् । मंगलबार राति मेलबर्न विमानस्थलबाट ढाकाका लागि प्रस्थान गरेका सन्दीपले आफ्नो इन्स्टाग्राममा फोटो राख्दै बीपीएलका लागि तयार रहेको र बीबीएलमा सुरूवाति खेल खेल्दा पाएको साथ र समर्थनले निकै हौसिएको बताएका छन । साथै उनले मेलबर्न स्टार्सलाई शुभकामना समेत दिएका छन् ।

बिग ब्याशमा चार खेलमा ८ विकेट लिएर सबैको प्रशंसा बटुलेका सन्दीपले बंगलादेशी भूमिममा कस्तो प्रदर्शन गर्लान् भन्ने कौतुहल बढ्न थालेको छ । बिग ब्याशमा गरेको प्रदर्शनका कारण सन्दीपले बीपीएलमा पनि उत्कृष्ट खेल्छन् भन्नेमा सबै आशावादी रहेका छन् ।

वकार युनिसको प्रशिक्षणमा रहेको सिलेट सिक्सर्सबाट सन्दीपले बीपीएल खेल्नछन् । उनको टिममा विश्वका उत्कृष्ट खेलाडी रहेका छन् ।

डेभिड वार्नरको कप्तानीमा रहेको सिलेटमा सन्दीप र वाट्सनबाहेक मोहम्मद इरफान, नबिल समद, इबादत होसेन, आलोक कपाली, जाकिर अली, गुलाब्दिन नैब, आन्द्रे फेचर, मेहदी हसन रजा, पट ब्राउन, इमरान ताहिर, निकोलस पुरन, मोहम्मद नवाज नासिर होसेन, सब्बिर रहमान, सोहेल तनविर, लिटन दास, अफिफ हुसेन, तस्किन अहमद, अल अमीन होसेन, तोउहिद रिदोय, फेबियन एलेन रहेका छन ।

सन्दीपको टिमले पुस २२ गते कोमिल्ला भिक्टोरियन्ससँग खेल्नेछ । दोस्रो खेलमा पुस २५मा चिट्टगङ भाइकिङ्सविरूद्ध प्रतिस्पर्धा गर्नेछ ।

७ वटा टिमहरुको सहभागिता रहेको प्रतियोगितामा चिट्गङ भाइकिङ्स, कोमिल्ला भिक्टोरियन्स, ढाका डाइनामाइट्स, खुलना टाइटान्स, राजसाही किङ्स, रङपुर राइडर्स, स्याल्हेट सिक्सर्स रहेका छन् ।

यो प्रतियोगिता सकिएपछि सन्दीप फेरि बिग ब्याशको अन्तिम चरणका खेल खेल्न पुग्नेछन् । यदि उनको टिम प्रतियोगितामा टिकी रह्रयो भने उनको बलिङको चमत्कार देख्न पाइनेछ ।

प्रकाशित मिति : बुधबार, पुष १८ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij