बुटवल,
बुटवलमा केन्द्रीय कार्यालय रहेको जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लि.को १२ औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ । वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै प्रमुख अतिथी नेपाल सरकरका पूर्व सचिव तथा संस्थाका परिकल्पनाकार तथा संस्थापक अध्यक्ष डा. मान बहादुर बीकेले वित्तिय संस्थाले सफलता पूर्वक १२ औं वर्ष पूरा गरेकोमा बधाई ज्ञापन गर्नुभएको थियो । संस्था स्थापनाकालमा विविध समस्या र कठिनाईसंग जुद्धै स्थापनाकाल देखि आजको दिनमा संस्थाले गरेको प्रगति हेर्दा गर्व लागेको बताउनुभयो । संस्थापक अध्यक्ष डा। बीकेले लघुवित्तको पहिचान भनेकै जस्तोसुकै महामारी एवम हरेक सुख दुःखमा समुह सदस्यहरुलाई उनीहरुकै घरदैलोमा पुगी लाभ पुर्याउने कार्यमा जनउत्थान उदाहरणीय रहेको बताए। त्यसैगरी वार्षिकोत्सव समारोहको समापन गर्दै सञ्चालक समितिका अध्यक्ष बाबुराम विश्वकर्माले संस्थाो १२औं वर्षको निरन्तर यात्रा सम्म विभिन्न चुनौति , आरोहहरुका बिचमा पनि सफलता पूर्वक संचालन हुनुमा र आर्थिक ,सामाजिक रुपान्तरणमा अमुल्य योगदान पुर्याउने कार्यमा संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको जानकारी जानकारी दिनुभयो ।वित्तिय सस्ंथाले गर्ने कार्य सम्पादनमा नेपाल राष्ट्र बैंक लगायत विभिन्न निमनकारी निकायहरु, संचालक समिती,संस्थापक तथा सर्वसाधारण शेयरधनी महानुभाव ,सुभेच्छुक, सम्पूण कर्मचारीहरु,संस्था प्रती विश्वसनियता दर्शाई साझेदारी गर्नुहुने विभिन्न बैंक तथा वित्तिय संथाहरु ,राष्ट्रिय तथा अन्तराष्ट्रिय सरकारी तथा गैरसरकारी संस्थाहरु,संस्थाको सेवालाई उपभोग गरि संस्थालाई सफलतापूर्वक संचालनमा अगाडी बढाउन सहयोग पुराउनुहुने संथामा आबद्ध बैंकिग समुदाय सदस्यहरु प्रति धन्यवाद व्यक्त गनुभयो। साथै उहाँले आगामी दिनहरुमा समेत लक्षित उदेश्य हासिल गर्दै वित्तिय संस्थालाई एक सफल नमुना योग्य संस्थाको रुपमा पहिचान स्थापित गर्ने कार्यका लागी पर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । १२ औं वार्षिकोत्सवको अवसरमा संस्थाका ३९ वटै शाखा कार्यालयहरु मार्फत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक क्रियाकलापहरु अपांगताभएका छात्रछात्राहरु,जेहेनदार तथा गरिव वालवालिकाहरुको गुणस्तरीय शिक्षाका लागी शैक्षिक सामाग्रि वितरण ,एकल महिला समुह सदस्य सम्मान ,खानेपानी ट्यांकी वितरण ,दृष्टि विहिन। अपागं जेष्ठ नागरिकहरुलाई सम्मान,अनाथ आश्रम तथा वृद्धा आश्रममा जिन्सी तथा खाद्यन्न सामाग्रि वितरण , रक्तदान कार्यक्रम,सरसफाई तथा डस्टविन बितरण कार्यक्रम, फलफूल वितरण ,हाजिरीजवाफ प्रतियोगिता ,ट्रफिक कार्यालयहरुलाई नियमहरु उल्लेखित साइनबोर्डहरु हस्तान्त्रण,मन्दिरमा परिसर सरसफाई लगायतका कार्याक्रमहरु गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री राम पोखरेले जानकारी दिनुभयो । वित्तिय संस्थाले पूर्वको पर्सा देखी पश्चिमको कञ्चनपुर सम्मका १० वटा तराईका जिल्लाहरु र थप ९ वटा पहाडी जिल्लहरु गरि १९ जिल्लाहरुमा ३९ वटा शाखा कार्यालय मार्फत करिव ४८ हजार ५ सय समूह सदस्यहरुको माझमा सेवा पुराउनुका साथै समुह सदस्यको मागमा आधारीत विभिन्न सिपमुलक तालिमहरु ,वित्तिय साक्षरता अभियान तथा सामाजिक उत्तरदायित्व संग सम्बन्धित सेवाहरु समेत प्रदान गर्दै आएको छ । कार्यक्रम संस्थाका सञ्चालक समितिका अध्यक्ष बाबुराम बिश्वकर्माको अध्यक्षता, संस्थाका सञ्चालक समितिका सदस्य रेवन्त बहादुर विश्वकर्माको स्वागत मन्तव्यमा कार्यक्रम सञ्चालन संस्थाका प्रमुख कार्यकारी अधिकृत एवं कम्पनी सचिव श्रीराम पोख्रेलले गर्नु भएको थियो ।कार्यक्रममा संस्थापक माधव नेपाल ,संकर प्रशाद पौडेल ,बुटवल उपमहानगरपालिकाका अधिकृत बिष्णु खनाल , हरि काफ्ले ,संचालक नरेन्द्र कंडेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा संथाका सञ्चालक ,संस्थापकहरु,तथा विभिन्न शाखाका कर्मचारी,विभिन्न समुहमा आबद्ध समुह सदस्यहरु,र भर्चुअल माध्यमबाट संस्थापक एवम विभिन्न शाखाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।कार्यक्रममा २०७९ शालको क्यालेन्डरको समेत बिमोचन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्