बुटवल । नेपाल मगर पूर्वसैनिक तथा प्रहरी संघ प्रदेश पाँचको प्रथम अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । संघको बिहिबार बुटवलमा सम्पन्न भएको प्रथम अधिवेशनबाट लालमनी पुनमगर अध्यक्षमा निर्विरोध निर्बाचित भएका छन् ।
उपाध्यक्षमा सुवेदार मेजर ज्ञान बहादुर सलामी, सचिवमा पदम बहादुर थापा र कोषाध्यक्षमा लुम बहादुर सारु चयन भएका हुन् ।
त्यस्तै सदस्यहरुमा क्याप्टेन बल बहादुर थापा, सुवेदार भेक बहादुर सारु, क्याप्टेन धन बहादुर मिदुन, नायव सुवेदार टेकवीर घर्तीमगर र हनरी लेप्टिनेन्ट कमल सिङ घर्ती मगर चयन हुनुभएको छ । बाँकी अन्य सदस्यहरु कार्यसमितिको बैठकबाट पुरा गरिने जनाइएको छ ।
नेपाल मगर संघ पूर्वसैनिक तथा प्रहरी संघका केन्द्रिय महासचिव क्याप्टेन भीम बहादुर रानाको संयोजकत्वमा भएको प्रथम अधिवेशन पश्चात निर्वाचित प्रदेश कार्यसमितिलाई नेपाल मगर संघका केन्द्रिय उपाध्यक्ष दल बहादुर वीरकट्टा, कोषाध्यक्ष कमला थापा, नेपाल मगर पूर्वसैनिक तथा प्रहरी संगठनका केन्द्रिय अध्यक्ष हुम बहादुर थापा, केन्द्रिय सदस्य गम बहादुर पुन, फोनिज रुपन्देही अध्यक्ष सनु थापा लगायतले बोल्दै पूर्वसैनिक संगठन भातृसंगठन भएपनि मगर संघको मेरुदण्ड र अभिभावक संघ भएको बताउँदै मगर समुदायको सामाजिक, सांस्कृतिक, राजनैतिक र आर्थिक समृद्धिका लागि पूर्वसैनिकहरुको योगदान महत्वपूर्ण भएको बताएका थिए ।
प्रकाशित मिति : बिहिबार, पुष १९ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्