मुम्बई । बलिउडका चर्चित कलाकार प्रकाश राज राजनीतिमा आउने भएका छन्।
कलाकार प्रकाशले सन् २०१९ मा हुने लोकसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार दिने घोषणा गरेका हुन्।
नयाँ वर्षको सुरुवातसँगै नयाँ काम गर्न गएको उल्लेख गरेका प्रकाश राजले आफुलाई सबैले सहयोग गर्ने अपेक्षा व्यक्त गरेका छन्।
पहिलेदेखि नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र सरकारप्रति तीव्र आलोचना गर्दै आएका प्रकाश राजले सोही कारण बलिउडबाट फिल्मको अफर आउन छाडेको बताएका छन्।
दक्षिण भारतका फिल्मबाट कला क्षेत्रमा आएका प्रकाश राजले बलिउडमा वाण्टेड, सिंघम जस्ता चर्चित फिल्मका काम गरेका छन्।
यसअघि, जयललिता, एनटी रामा राओ, चिरञ्जीवी, पवन कल्याण लगायतका कलाकार राजनीतिमा प्रवेश गरिसकेका छन्।
रजनीकान्त र कमल हसन पनि कला क्षेत्रसँगै राजनीतिक दौडमा निस्किएका छन्।
प्रकाशित मिति : शनिबार, पुष २१ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्