JanataToday.com

Advertisment

SKIP THIS

आर्थिक विद्येयक २०७९ को दफा ५७ संशोधन गर्न सुझाव

आर्थिक विद्येयक २०७९ को दफा ५७ संशोधन गर्न सुझाव

बुटवल

सरकारले ल्याएको आर्थिक विद्येयक, २०७९ को दफा ५७ संशोधनको लागि सुझाव दिईएको छ । आगामी आर्थिक वर्ष २०७९/०८० को लागि सरकारले ल्याएको बजेटको दफा ५७ मा भएको स्वामित्व परिवर्तन हुँदा त्यसमा लाग्ने कर सम्बन्धि व्यवस्थालाई संशोधन गर्न सुझाव दिईको हो ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र नेपाल चार्टर्ड एकाउण्टेण्ट संघ रुपन्देहीको संयुक्त आयोजना शुक्रबार बुटवलमा आर्थिक विद्येयक, २०७९ सम्बन्धि अन्तरक्रिया छलफल गरिएको थियो । उक्त छलफलमा चार्टर्ड एकाउण्टेण्टहरुले सो सुझाव राख्दै पहल गर्न आग्रह गर्नुभएको हो ।
आगामी आर्थिक वर्ष २०७९/०८० मा भएका व्यवस्थाका विषयमा गरिएको अन्तरक्रिया छलफलमा आगामी वर्षका लागि आएको बजेट राम्रो र स्वागत योग्य रहेको भएपनि कतिपय कुराहरुको कार्यान्वयन जटिल देखिएको त्यससम्बन्धि विज्ञहरुले बताएका छन् । कार्यक्रममा बोल्दै नेपाल चार्टर्ड एकाउण्टेण्ट संघ रुपन्देहीका अध्यक्ष सिए छविलाल पोखरेलले बजेटमा कृषिलाई फोकस गरिएको र कार्यान्वयनका प्रष्ट मापदण्ड नहुँदा ती कार्यक्रम कार्यान्वयमा जटिलता देखिएको बताउँदै भयो ।
उहाँले ती जटिलताहरुलाई चिरेर आएको बजेटको कार्यान्वयनमा जोड दिनुभयो । त्यस्तै बजेटले नयाँ क्षेत्रलाई समेट्न नसकेको पनि उहाँले बताउनु भयो । अध्यक्ष पोखरेलले बुटवल उद्योग वाणिज्य संघसंग जोडिन पाउँदा खुसि लागेको र आगामी दिनमा पनि सहकार्य गरेर अगाडि बढ्ने बताउनु भयो ।
कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा संघले पु¥याएको योगदानको चर्चा गर्दै चार्टर्ड एकाउण्डेण्टहरुको संस्थासंगको सहकार्यले उद्योगी व्यवसायीहरुलाई राजश्व सम्बन्धि जानकारी दिन सहज हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा पनि दुई संस्थाको सहकार्य निरन्तर रहने बताउनु भयो । उहाँले त्यो दफा संशोधनको लागि संघको तर्फबाट पहल हुने पनि बताउनु भयो ।
त्यस अवसरमा नेपाल चार्टर्ड एकाउण्टेण्ट संघ रुपन्देहीका संस्थापक अध्यक्ष सिए प्रेम भुर्तेल, बुटवल उद्योग वाणिज्य संघका राजश्व परामर्शदाता सिए हरि लम्सालले सरकारले ल्याएको आर्थिक विद्येयक, २०७९ को दफा ५७ लाई सान्दर्भिक बनाउन त्यसमा भएको व्यवस्थामा केही कुराहरु पुनर्विचार गर्नुपर्ने भनाई राख्नुभयो । उक्त दफामा स्वामित्व परिवर्तन हुँदा लाग्ने कर सम्बन्धि व्यवस्था गरिएको छ । ५० प्रतिशत भन्दा बढी शेयर फेरबदल भएको अवस्थामा पनि बेचेको सरह मानेर सम्पूर्ण चलअचल सम्पत्तिलाई पुनःमुल्यांकन गरी सोमा कर लाग्ने प्रावधान रहेको बताउँदै यसलाई संशोधन गर्न सकिएर राम्रो हुने भनाई राख्नुभएको हो ।
कार्यक्रममा नेपाल चार्टर्ड एकाउण्टेण्ट संघ रुपन्देहीका सदस्य सिए सगुन खनालले करमा भएको दर, दफा र दायरामा के कस्ता परिवर्तन भएका छन्, ती विषयमा प्रस्तुती राख्नुभएको थियो । त्यस अवसरमा संघका पदाधिकारीहरु, कार्यसमितिका सदस्यहरु, उद्योगी व्यवसायी परामर्शदाताहरु सकारले ल्याएको बजेटले समेटेका विषयमा जिज्ञाशा राखेका थिए ।
कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठले उद्योगी व्यवसायीको प्रवद्र्धन र औद्योगिक विकासको लागि संघले पहल गर्दै आएको र आगामी वर्षको बजेटमा ती कतिपय कुराहरु समेटिएकोमा आफूहरुलाई थप उत्साहित बनाएकोब ताउनु भयो । कार्यक्रम संघका सचिव मुक्तिप्रसाद अधिकारीको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति : शुक्रबार, जेष्ठ २० २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij