मुम्बई । बलिउडका सुपरस्टार सलमान खानको विवाहको विषयमा धेरैजसो स्थानमा प्रश्न गरिने गरिन्छ ।
भारतीय कमेडियन कपिल शर्माको सो ‘द कपिल शर्मा शो’मा पुगेका उनलाई पनि यस विषयमा प्रश्नको वर्षा भएको छ ।
विवाहबारे प्रश्न गर्दै कपिलले सलमानलाई दीपीका पादुकोण र प्रियंका चोपडाको उदाहरण गर्दै विवाह गर्दै उनको राय मागेका थिए ।
यस विषयमा उनले जवाफ दिँदै भारत फिल्ममा आफ्नो विवाह ७२ वर्ष हुँदासम्म नहुने र आफू पनि त्यसैलाई पछ्याउँदै अघि बढिरहेको जवाफ दिएका थिए ।
कपिलको शो मा सलमानको अन्य व्यक्तिगत विषयहरुमा पनि प्रश्न उठेका थिए ।
यसमा पनि सलमानले ठट्यौली शैलीमा उत्तर दिएका थिए ।
भारतीय कमेडी शो ‘द कपिल शर्मा शो’ गत साताबाट पुनः शुरु भएको छ ।
प्रकाशित मिति : आइतबार, पुष २२ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्