९० जनामा कोरोना, २० जना डिस्चार्ज

९० जनामा कोरोना, २० जना डिस्चार्ज

काठमाडौं – नेपालमा गत चौबीस घण्टामा जम्मा ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट १ हजार ९४४ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ७३ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै १ हजार १६८ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १७ जनामा कोरोना संक्रमण देखिएको छ । नेपालमा हाल ४०१ जना सक्रिय संक्रमित छन् ।

त्यस्तै, गत चौबीस घण्टामा थप २० जना कोरोना भाइरस संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या ९ लाख ६७ हजार ५५५ जना पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा संक्रमण मुक्त हुनेदर ९८ दशमलव ७ प्रतिशत छ ।

त्यस्तै, गत चौबीस घण्टामा थप १ लाख ११ हजार ५३१ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

प्रकाशित मिति : मंगलबार, असार २१ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij