काठमाडौं – नेपालमा गत चौबीस घण्टामा जम्मा ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट १ हजार ३८४ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ६० जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै २ हजार १३१ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १८ जनामा कोरोना संक्रमण देखिएको छ । नेपालमा हाल ५०८ जना सक्रिय संक्रमित छन् ।
त्यस्तै, गत चौबीस घण्टामा थप २३ जना कोरोना भाइरस संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् ।योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या ९ लाख ६७ हजार ५९८ जना पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा संक्रमण मुक्त हुनेदर ९८ दशमलव ७ प्रतिशत छ ।
त्यस्तै, गत चौबीस घण्टामा थप ८८ हजार ६४४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
प्रकाशित मिति : बिहिबार, असार २३ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्