काठमाण्डाै – नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार जना नाघेको छ ।
पछिल्लो २४ घण्टामा २ सय ६ जना सङ्क्रमित थपिएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ५ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो समय निको हुनेभन्दा थपिने सङ्क्रमितको सङ्ख्या निरन्तर बढिरहेको छ ।
२४ घण्टामा ४५ जना सङ्क्रमित निको भएका छन् । २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन । थप ६३ हजार ३ सय ८७ जनाले कोरोना विरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : बुधबार, असार २९ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्