काठमाडौं – नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १२७ रुपैयाँ ५१ पैसा र बिक्रीदर १२८ रुपैयाँ ११ पैसा रहेको छ ।त्यस्तै, युरो एकको खरिददर १२७ रुपैयाँ ७१ पैसा र बिक्रीदर १२८ रुपैयाँ ३१ पैसा रहेको बैंकले जनाएको छ ।
त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १५० रुपैयाँ ९० पैसा र बिक्रीदर १५१ रुपैयाँ ६१ पैसा रहेको छ भने, कतारी रियालको मूल्य एकको खरिददर ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३४ रुपैयाँ ८७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, जापानी यान १० को खरिददर ९ रूपैयाँ १८ पैसा रहेको छ भने बिक्रीदर ९ रूपैयाँ २२ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३३ रूपैयाँ ९७ पैसा रहेको छ भने, बिक्रीदर ३४ रूपैयाँ १३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : शुक्रबार, असार ३१ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्